मण्डनेको ‘झरनाको पानी’ सार्वजनिक

नौलो समाचार संवाददाता
२०८० पौष १, आईतबार मा प्रकाशित २७८ पटक पढिएको
मण्डनेको ‘झरनाको पानी’ सार्वजनिक

पनौती ∕ कवि गोपाल पौड्याल मण्डनेको मुक्तक संग्रह ‘झरनाको पानी’ लोकार्पण गरिएको छ ।

वरिष्ठ साहित्यकारमोहन दुवाल र सूर्यप्रसाद लाकोजूले कृति लोकार्पण गरेका हुन् ।

वरिष्ठ साहित्यकार दुवालले मुक्तकमा मानिसलाई आकर्षण गर्ने शक्ति भएको कारणले लोकप्रिय रहेको बिचार पोखे ।

उक्त कृतिमाथि समिक्षात्मक टिप्पणी गर्दै साहित्यकार रामसुन्दर देउजाले ‘झरनाको पानी’ मा नेपाली समाजको यथार्थ चित्रण रहेको बताए ।

अर्का टिप्पणीकार तुयुकाजी ताम्राकारले मुक्तककार मण्डनेको योगदान नेपाली साहित्यमा उल्लेखनीय रहेको दाबी गरे ।

मुक्तक संग्रहमा मानव जीवनका भोगाई, अनुभूति रहेकाले पाठक को मनलाई सहजै स्पर्श गर्नसक्ने बिचार मुक्तककार पौड्यालले व्यक्त गरे ।

विभिन्न विषय र प्रसङगमा रचिएका १०१ ओटा मुक्तक पुस्तकमा छन् । राष्ट्रप्रेम, संस्कृति प्रेम, प्रकृतिप्रेम, सामाजिक मेलमिलाप, संस्कृतिको महत्व झल्काउने विभिन्न विषयहरूमा रचिएका मुक्तकहरूले पाठकको मन आकर्षित गर्न सक्ने लेखकको दाबी छ । देशभक्ति, नैतिकता, सामाजिक मूल्य र मान्यताको सन्देश मुक्तकहरूले दिन खोजेको छ । समसामयिक राजनैतिक घटनाका विषयमा पनि मुक्तक बगेको छ ।

कवि मण्डनेका विविध विधाका करिव दुई दर्जन साहित्यिक कृति प्रकाशित छन् ।


प्रतिक्रिया दिनुहोस