आइजीपी कप फुटबल : उपाधीको लागि सैनिक र ल्याबरोटरी स्कुल भिड्ने

नौलो समाचार संवाददाता
२०८० पौष ४, बुधबार मा प्रकाशित ३८४ पटक पढिएको
आइजीपी कप फुटबल : उपाधीको लागि सैनिक र ल्याबरोटरी स्कुल भिड्ने

सागाँ \ आइजीपी कप फुटवल रनिंग ट्रफीको २९ औं संस्करणको उपाधीको लागि सैनिक आवसिय महाविधालय भक्तपुर र ल्याबरोटरि स्कुल क्रिर्तिपुर भिड्ने भएका छन् । मंगलबार नेपाल पुलिस स्कुल साँगाको खेल मैदान भएको सेमिफाइनल खेल जित्दै दुई टिमले उपाधी भिडन्त पक्का गरेका हुन् ।

मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा सैनिक आवसिय महाविधालयले आयोजक नेपाल पुलिस स्कुल ’ए’ लाई १–० झिनो अन्तरले हरायो । सैनिकका लागी खेलको ६८ औं मिनेटमा रोहित श्रेष्ठले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै पक्षबाट गोल गर्ने प्रर्याप्त अवसर सिर्जना भएता पनि सार्थक हुन नस्कदा खेल १–० अन्तरले सैनिकले आफ्नो पक्षमा पार्यो । सैनिकका टिम कप्तान किसन थापा म्यान अफ दि म्याच घोषित भए ।

मंगलबार नै भएको दोस्रो सेमिफाइनल खेलमा ल्याबरोटरि स्कुलले अघिल्लो सालको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस स्कुल धरानलाई २–१ गोल अन्तरले स्तब्ध पार्यो । ल्याबरोटरिका लागी खेलको पहिलो हाफमा विज्ञान खड्काले गोल गर्दै अग्रता दिलाए । खेलको दोस्रो हाफमा धरानका तर्फबाट रोमन खड्काले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसको मिनेटपछि ल्यावरोटरीका लागी सन्दिप शर्माले गोल गर्दै टिमको जितको आधार तयार पारे । सन्दीप नै म्यान अफ दि म्याच घोषित भए ।

नेपाल पुलिस स्कुल साँगाको आयोजनामा सञ्चालन प्रतियोगिताको फाइनल खेल पुस ६ शुक्रवार हुनेछ ।

१६ विद्यालयका १७ टिम सम्मिलित प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमस ५० हजार, ४० हजार र ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस