नमोबुद्धका पूर्व वडाअध्यक्ष लामाको मृत्यु

नौलो समाचार संवाददाता
२०८० पौष १०, मंगलबार मा प्रकाशित ४३७ पटक पढिएको
नमोबुद्धका पूर्व वडाअध्यक्ष लामाको मृत्यु

नमोबुद्ध\ नमोबुद्ध नगरपालिका वडा नं १ का पूर्ववडाअध्यक्ष कर्मग्याल्बो लामाको मृत्यु भएको छ ।

जाडोको कारण हिटर र फलामको कराइमा आगो बालेर तापेका ८२ बर्षीय लामा र उनकी श्रीमती असनी लाा विहान अबेर सम्म नउठेपछि छोरा र बुहारी ढोका खोली हेर्दा अचेत अवस्थामा फेला पारिएको थियो ।

विहान ८ बजे अचेत अवस्थामा फेला पारिएका उनीहरुलाई अस्पताल लगिएकोमा धुलिखेल अस्पतालले पूर्व वडाअध्यक्ष लामालाई ९ बजेर २० मिनेटमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

श्रीमती असनीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा लामा नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस