नमोबुद्धमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

नौलो समाचार संवाददाता
२०८० पौष २०, शुक्रबार मा प्रकाशित २०८ पटक पढिएको
नमोबुद्धमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

भकुण्डेवेशी \ नमोबुद्ध नगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भकुण्डेवेशीमा शुक्रवारबाट शुरु भएको छ ।

जनक माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा नगर भरीका १२ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गरेका छन् ।

प्रतियोगिता अन्तर्गत छात्र–छात्राको भलिवल प्रतियोगिता र एथेलेटिक्स अन्तर्गत ३ हजार मिटर, १५ सय मिट मिटर, ४ सय मिटर, २ सय , सय मिटर दौड, ट्रिपल जम्प, हाइ जम्प लङजम्प, ज्याब्लिङ थ्रो, सटपुट लगायतका खेल हुने प्रतियोगिताका सदस्य सचिव रहेका जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदिप पोखरेलले जानकारी दिए ।

प्रतियोगिताको उद्धघाटन गर्दै नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले बालबालिकाको प्रतिभा प्रस्फुटनको लागि यस्ता प्रतियोगिता उपयोगी हुने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, वडाअध्यक्षहरु, नमोबुद्ध नगर युवा परिषद्का उपाध्यक्ष रामेश्वर अधिकारी लगायत विभिन्न विद्यालयका प्रधानाध्यपाक, शिक्षक र विद्यार्थीको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस