सञ्चारकर्मीद्वय गुरागाईं र बजगाईलाई डेरी एसोसिएसनको सम्मान

नौलो समाचार संवाददाता
२०८० पौष २१, शनिबार मा प्रकाशित ७४२ पटक पढिएको
सञ्चारकर्मीद्वय गुरागाईं र बजगाईलाई डेरी एसोसिएसनको सम्मान

ललितपुर\ सञ्चारकर्मीद्वय मधुसुधन गुरागाईं र नवराज बजगाई सम्मानित भएका छन् ।

ललितपुरमा आयोजित नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा सञ्चारकर्मीद्वय गुरागाईं र बजगाईलाई सम्मान गरिएको हो ।

कृषि पत्रकारितामार्फत समग्र दुग्ध क्षेत्रको विकास र प्रवद्र्धनमा प्रत्यक्ष रुपमा योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

बागमती प्रदेश सभाकी उप–सभामुख अप्सरा चापागाईले दुवै सञ्चारकर्मीलाई सम्मान गरेकी हुन् ।

३ दशकदेखि पत्रकारितामा संलग्न गुरागाई कृषि, प्रविधी क्षेत्रमा विशेष दख्खल राख्छन् ।

२ दशकदेखि पत्रकारितामा संलग्न बजगाईले नवक्षितिज साप्ताहिक, राम्रो सन्देश डटकम नामक अनलाइन सञ्चालन गदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस