३ पत्रकारलाई ह्याचरी उद्योग संघको सम्मान

नौलो समाचार संवाददाता
२०८० पौष २१, शनिबार मा प्रकाशित ९६७ पटक पढिएको
३ पत्रकारलाई ह्याचरी उद्योग संघको सम्मान

चितवन/ तीन कृयाशिल पत्रकारलाई नेपाल ह्याचरी उद्योग संघले १७ औं वार्षिक साधारण सभाका अवसरमा सम्मान गरेको छ ।

काभ्रेका वरिष्ठ पत्रकार मधुसुधन गुरागाई, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष एवं राससका चितवन प्रतिनिधि नारायण अधिकारी र चितवनकै पत्रकार नारायण ढुंगानालाई नेपालको पोल्ट्री क्षेत्रको संवर्द्धनका लागि खोजमूलक समाचार लेखेर व्यवसायलाई सहयोग गरेको भन्दै संघले सम्मान गरेको हो ।

नेपाल सरकारका पशुपन्छी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेलले सम्मान प्रदान गरेका थिए ।

साधारण सभाले ई. लक्ष्मीदास मानन्धरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिमा बरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछाने, प्रथम उपाध्यक्ष डा. बलराम किसी, द्वितिय उपाध्यक्ष बलराम सन्जेल, महासचिव ज्ञानबहादुर बिसुराल, कोषाध्यक्ष नवराज पौडेल र सचिव बिवेक भट्ट चयन भएका छन् ।

सदस्यहरुमा कपिलबाबु खनाल, बिष्णुप्रसाद रिमाल, बोधराज निरौला, गोविन्द खड्का, परशुराम अधिकारी, धातनन्द कडेल
मनिराज नौनियाल, मोहम्मद रिजवान अहमद
नारायण गिरी र युवराज अधिकारी निर्वाचित भएका छन् ।

संघ २४ वर्ष अघि स्थापना भएको हो ।

संघमा मुलुकभरका ३४४ ह्याचरी उद्योगहरु आवद्ध छन् ।


प्रतिक्रिया दिनुहोस