भकुण्डेवेशी जेसीज बर्ष २०२४ का पदाधिकारीहरुको पदस्थापन

नौलो समाचार संवाददाता
२०८० पौष २८, शनिबार मा प्रकाशित १६४ पटक पढिएको
भकुण्डेवेशी जेसीज बर्ष २०२४ का पदाधिकारीहरुको पदस्थापन

भकुण्डेवेशी \ भकुण्डेवेशी जेसीज बर्ष २०२४ का नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन गरिएको छ ।

बर्ष २०२४ को लागि खुमप्रसाद भण्डारीको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो ।

कार्यकारिणी उपाध्यक्षमा रामचन्द्र अधिकारी र सरोज सापकोटा, उपाध्यक्षमा अमित अधिकारी, राकेश बम, मोहन खड्का, प्रकाश पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष श्रीहरी अधिकारी रहेको कार्यसमितिमा महासचिवमा रमा ढोडारी, कानुनी सल्लाहकारमा प्रमोदकुमार काफ्ले, कोषाध्यक्षमा रञ्जना उप्रेती मनोनित भएका थिए ।

पदस्थापन कार्यक्रममा भकुण्डेवेशी जेसीज बर्ष २०२३ का अध्यक्ष श्रीहरी अधिकारीले बर्ष २०२४ का अध्यक्ष खुम भण्डारीलाई अध्यक्षीय माला हस्तान्तरण गरेका थिए ।

अधिकारीले नवनिर्वाचित अध्यक्ष भण्डारीलाई सपथ खुवाए । भण्डारीले बोर्डका अन्य पदाधिकारी, सदस्यलाई सपथ खुवाए ।

कार्यक्रममा भकुण्डेबेशि जुनियर जेसिजको बर्ष २०२४ को पदाधिकारीको पनि पदस्थापना गरिएको थियो ।

कार्यक्रममा नमोबुद्ध-९ निवासी समृद्ध प्रेम वाटिका बहुउद्देश्यिय कृषि फर्मका संचालक प्रेमबहादुर लामालाई युवा उद्यमी सम्मान प्रदान गरिएको थियो । जेसिजका कार्यक्रममा समन्वय र सहकार्य गर्ने नमोबुद्ध पतन्जली योग समिती र जनक माध्यमिक विद्यालयलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले जेसिजले गर्ने सामाजिक कार्यमा आफू सधै सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा मातृ शाखा धुलिखेल जेसिज बर्ष २०२४ का महासचिव अनुप लामिछाने, भकुण्डेबेशी उद्योग वाणिज्य संघका अध्यक्ष बसुनारायण श्रेष्ठ, जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदिप पोख्रेल लगायतले जेसिज अभियान र सामाजिक कार्यबारे चर्चा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस