दाप्चा आयुर्वेद औषधालयले मनायो राष्ट्रिय योग दिवस

नौलो समाचार संवाददाता
२०८० माघ १, सोमबार मा प्रकाशित ४२९ पटक पढिएको
दाप्चा आयुर्वेद औषधालयले मनायो राष्ट्रिय योग दिवस

दाप्चा/ दाप्चा आयुर्वेद औषधालयले ९ औं राष्ट्रिय योग दिवस मनाएको छ ।

सोमबार दाप्चास्थित औषधालयले एक कार्यक्रम गरेर दिवस मनाएको हो ।

कार्यक्रममा नमोबुद्ध नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीले योग कक्षा संचालन गर्न भौतिक र आर्थिक सहयोग गर्न नगरको तर्फबाट पहल गर्ने बताए ।

नमोबुद्ध नगरपालिका वडा नम्वर ९ का अध्यक्ष वीरबहादुर लामाले आर्थिक अभावका कारण औषधालयमा योग भवन बनाउन नसकिएको भन्दै उनले नगरसंग समन्वय गरेर आगामी बर्ष व्यवस्थापन गर्ने बताए ।

कार्यक्रममा वडा नम्बर ९ का सदस्य दुर्गा लामा, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, स्थानिय समाजसेवि पुष्पराज श्रेष्ठ, ज्ञानबहादुर लामा, औषधालय प्रमुख बिमलचन्द्र झा, योग प्रशिक्षक सविता अधिकारी लगायतले योगको महत्वबारे चर्चा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस