धुलिखेल–३ का २२ युवा कांग्रेस प्रवेश

नौलो समाचार संवाददाता
२०८० माघ २, मंगलबार मा प्रकाशित १२१७ पटक पढिएको
धुलिखेल–३ का २२ युवा कांग्रेस प्रवेश

बनेपा \ नेकपा एमाले, माओवादी केन्द्र लगायतका विभिन्न राजनीतिक दलको सदस्यता त्यागेर धुलिखेल नगरपालिका वडा नं ३ का २२ जना युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

बनेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला सभापति समेत रहेका बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थ लामाले उनीहरुलाई टिका, माला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

नेपाल तरुण दल धुलिखेलका सभापति छिरिङ लामाको पहलमा दिनेश तामाङ, विरध्वज तामाङ, इश्वर तामाङ, राजन तामाङ, राजेन्द्र तामाङ, सागर तामाङ लगायतका २२ युवा कांग्रेस प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमितिका पदाधिकारी, नेपाली कांग्रेस धुलिखेल ३ का सभापति मधुसुदन खत्री, नेता बलराम थापा लगायतको उपस्थिती थियो ।


प्रतिक्रिया दिनुहोस