उच्च शिक्षाको लागि विदेशिनु चिन्ताको बिषय : आर्थिक मामिला तथा योजना मन्त्री लामा

नौलो समाचार संवाददाता
२०८० माघ ६, शनिबार मा प्रकाशित १६० पटक पढिएको
उच्च शिक्षाको लागि विदेशिनु चिन्ताको बिषय : आर्थिक मामिला तथा योजना मन्त्री लामा

बनेपा \ बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले उच्च शिक्षाको लागि युवा विदेशिनुपर्ने बाध्यता चिन्ताको बिषय भएको बताएका छन् ।

काभ्रे बहुमुखी क्याम्पससको ५ औं क्याम्पस सभालाई सम्बोधन गर्दै उनले पढाइकै लागि टाढा–टाढा धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने तर्क गरे । ‘पढ्न कै लागि विदेश जानुपर्ने, अन्य शहर जानुपर्र्ने चिन्ताको बिषय हो,’ मन्त्री लामाले भने, ‘विभिन्न संकायका विषय अध्यापन गर्न चाहने क्याम्पसलाई विश्वविद्यालयले स्विकृती दिनुपर्छ, अल्झ्याएर राख्नुहुँदैन ।’ शिक्षा क्षेत्रको विकासले मात्रै समग्र क्षेत्रको विकास हुने तर्क गरे ।

बाग्मती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले पूर्वाधार विकास हाम्रो प्राथमिकतामा पर्दै आएको भन्दै शिक्षा क्षेत्रको विकास नभइ अन्य क्षेत्रको विकास नहुने तर्क गरे ।

बनेपा नगरप्रमुख शान्तीरत्न शाक्यले शिक्षा वा रोजगारीको लागि बढ्दो युवा पलायन रोक्नुपर्ने बताए ।

कार्यक्रममा बनेपा वडा नं ६ का वडाअध्यक्ष सचितानन्द केसी, पूर्व सभासद् शिला कतिला, काभ्रे बहुमुखी क्याम्पसका पूर्व प्रमुख कमला कायस्थ, चैतन्य बहमुखी क्याम्पसका प्रमुख जुजुभाइ मानन्धर, क्याम्पस सञ्चालक समितिका अध्यक्ष लम्बोदर कायस्थ, उपाध्यक्ष मोहन दुवाल, सदस्य राजाराम धौभडेल, उपप्राध्यापक कृष्णप्यारी नकर्मी लगायतले जिल्लाको पुरानो काभ्रे बहुमुखी क्याम्पसलाई सबै क्षेत्रको साथ सहयोग आवश्यक रहेको बताए ।

क्याम्पस प्रमुख केजी बैदारले विभिन्न संकायका ८ कार्यक्रम सञ्चालन गरिरहेको भन्दै विभिन्न कार्यक्रमका कक्षा सञ्चालनको लागि विश्वविद्यालयले अनुमति नदिएको गुनासो गरे । पढ्न नपाएर र पढ्न नसकेर विदेशिनेको संख्या बढेको भन्दै उनले पब्लिक क्याम्पसहरुलाई सहयोग गर्ने हो भने त्यो क्रम रोकिने बताए ।

सभाले बार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, बार्षिक कार्यक्रम तथा अनुमानित आय/व्यय विवरण पनि परित गरेको छ ।


प्रतिक्रिया दिनुहोस