नेपाल तरुण दल पाँचखाल नगर कार्यसमिति विस्तारित

नौलो समाचार संवाददाता
२०८० माघ ७, आईतबार मा प्रकाशित ९०७ पटक पढिएको

नेपाल तरुण दल पाँचखाल नगर कार्यसमिति विस्तारित

पाँचखाल \ नेपाल तरुण दल पाँचखाल नगर कार्यसमिति विस्तार गरिएको छ । विकास लामाको अध्यक्षतामा भएको समिति विस्तार गरिएको हो।

समितिको उपसभापतिमा बालकुमार मगर, निजन बाँनिया, बुद्ध लामा, सचिवमा सोनाम लामा, सहसचिवमा दिपक वि.क., कोषाध्यक्षमा सृजना बस्नेत, सहकोषाध्यक्ष मनोज दनुवार छन् ।

सदस्यमा प्रदिप तामाङ, गगन ठकुरी, सुरेश तामाङ, मनोज चौलागाई, सन्तोष गौतम, रोशन लुइटेल, सुजन लामा, नारायणकुमार दनुवार, सन्दिप मिजार, दिपेन्द्र अधिकारी, रमेशप्रसाद आचार्य छन् ।

नेपाल तरुण दलका पूर्वअध्यक्ष रहेका कांग्रेस केन्द्रीय सदस्य उदयशमसेर राणा, बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामा लगायत नेपाली कांग्रेस, तरुण दलका नेतृत्वले उनीहरुलाई खादा, मालासहित बधाई ज्ञापन गरेका थिए ।

तरुण दल पाँचखालका अध्यक्ष विकास लामाले वडा वडामा विस्तार गरेर संगठन सुदृढीकरमा लाग्ने बताए ।






प्रतिक्रिया दिनुहोस