मेथिनकोट अस्पतालमा रक्तसञ्चार सेवा

नौलो समाचार संवाददाता
२०८० माघ २१, आईतबार मा प्रकाशित ७४ पटक पढिएको
मेथिनकोट अस्पतालमा रक्तसञ्चार सेवा

नमोबुद्ध /  मेथिनकोट अस्पतालमा रक्तसञ्चार सेवा (ब्लड बैंक) शुरु गरिएको छ ।

आन्तरिक श्रोतबाट रेफ्रिजिरेटर, सेन्ट्रीफ्युज मेसिन व्यवस्थापन गरी अस्पतालले रक्तसञ्चार सेवा शुरु गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर पोखरेलले जानकारी दिए ।

उनका अनुसार, आर्थिक रुपमा विपन्न नागरिकलाई रक्तसञ्चार सेवा निशुल्क हुनेछ । ल्याबमा कार्यरत ८ जनाले नै ब्लड बैंकमा सेवा दिने छन् ।

बागमती प्रदेशले प्रदेशका विपन्न नागरिक एवं आकस्मिक उपचारको लागि रक्तसञ्चार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधी, २०७८ मार्फत विपन्न एवं आकस्मिक उपचारको लागि निशुल्क रक्तसञ्चार सेवा प्रदान गर्दै आएको छ ।

नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले विभिन्न सेवा विस्तार गरिरहेको अस्पताललाई स्थानीय तहले पनि उत्तिकै सहयोग गरेको बताए ।

शल्यक्रिया सेवा शुरु गरेको अस्पतालमा अहिले मृगौलाको डाइलाइसिस सेवा सञ्चालन भइरहेको छ भने निकट भविष्यमा नै सिटि स्क्यान सेवा शुरु हुन लागेको डा. दाहालले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस