नमोबुद्धमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परिक्षण शिविर

नौलो समाचार संवाददाता
२०८० माघ २६, शुक्रबार मा प्रकाशित १७८ पटक पढिएको
नमोबुद्धमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परिक्षण शिविर

भकुण्डेवेशी  \  नमोबुद्ध नगरपालिकामा पाठेघरको मुखको क्यान्सरको जोखिममा रहेकाहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।

लोकप्रिय स्वास्थ्य समाज बनेपाको प्राविधिक सहयोगमा नमोबुद्ध नगरपालिकाले विभिन्न स्थानमा शिविर गरेर परिक्षण गरेको हो ।

नमोबुद्ध वडा नं ९ स्थित नगर अस्पतालमा गरिएको शिविरमा ४ जना, भेंडाबारीमा २ जना र मथुरापाटी फुलबारीमा २ जनामा क्यान्सरको जोखिम देखिएको नमोबुद्ध नगरपालिकाका आधारभूत स्वास्थ्य शाखा प्रमुख भगिरथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार, नगरपालिकाका थप ४ वडामा परिक्षण शिविर सञ्चालन गरिनेछ ।

दाप्चा भएको परिक्षणमा क्यान्सरको जोखिममा रहेकालाई उपचार गर्न वडाले यातायात खर्च ५ हजार उपलव्ध गराउने नमोबुद्ध वडा नं ९ का वडाअध्यक्ष वीरबहादुर लामाले जानकारी दिए ।

दाप्चामा भएको परिक्षणमा नमोबुद्ध नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीले यस्ता परिक्षण उपयोगी भएको भन्दै नगरपालिकाको तर्फबाट समन्वय, सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा नमोबुद्ध नगर अस्पतालका डा.अजय श्रेष्ठ, लोकप्रिय स्वास्थ्य समाज बनेपाकाका तुलसादेवी मानन्धर, नमोबुद्ध नगरपालिका स्वास्थ्य शाखाका सरस्वती शर्माले परिक्षणको दायरा अझै बढाउनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस