शनिवार रजवम पोखरीमा ल्होछार कार्यक्रम

नौलो समाचार संवाददाता
२०८० माघ २६, शुक्रबार मा प्रकाशित २९० पटक पढिएको
शनिवार रजवम पोखरीमा ल्होछार कार्यक्रम

भकुण्डेवेशी \ नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित रजबम पोखरी परिसरमा सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत सास्कृतिक कार्यक्रम हुने भएको छ ।

‘सांस्कृतिक विविधता हाम्रो पहिचान , यसको प्रवर्धन र संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सोनाम ल्होछार मुल आयोजक समिति, रजबम पोखरीले मन्जुश्री संम्बत २८६० औं डुक ल्हो (सर्प वर्ग)  सोनाम ल्होछारको अवसरमा शुभकामना आदान– प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

नगर प्रमुख कुनसाङ लामाको प्रमुख आतिथ्यता, उपप्रमुख रत्नबहादुर लामाको विशेष आतिथ्यतामा हुने कार्यक्रममा ख्यातीप्राप्त, स्थानीय कलाकारहरु गायक विशाल थिङ, बिनोद वल तामाङ, आशिक लामा, आशिष लो, अनिता गोले, बाल गायिका प्राप्ति तामाङ लगायतले आफ्नो प्रस्तुती दिनेछन् ।

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस