दुई छुट्टाछुट्टै आगलागीमा पशुचौपाय जले

नौलो समाचार संवाददाता
२०८० फागुन ४, शुक्रबार मा प्रकाशित १७५ पटक पढिएको
दुई छुट्टाछुट्टै आगलागीमा पशुचौपाय जले
तस्वीर : नेपाल प्रहरी

बनेपा / शुक्रबार बिहान भएका दुई छुट्टाछुट्टै आगलागीका घटनामा केही पशु चौपाय जलेका छन् ।

शुक्रबार बिहान सवा ३ बजे धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखु अधेरीस्थित सुमनजंग थापाको गोठमा आगलागी हुँदा गाई १ वटा र बाख्रा ६ वटा जलेर क्षती भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

तस्वीर : अनुप लामिछाने

 

शुक्रबार बिहानै ४ बजेर ५० मिनेटको समयमा बनेपा नगरपालिका वडा नम्बर ३, राईमालेस्थित पुरुषोतम दंगालको गाईगोठमा पनि आगलागि हुँदा पशु चौपाय जलेको प्रहरीले जनाएको छ ।

मानविय क्षति नभएको, चौपया क्षतिको बिवरण आउन बाँकी रहेको, आगलागि हुनुको कारण नखुलेको, प्रहरी, स्थानिय र दमकलको सहयोगमा उक्त आगो निभाउने कार्य भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस