नगर स्थापना दिवसमा विभिन्न व्यक्ति सम्मानित

नौलो समाचार संवाददाता
२०८० फागुन ६, आईतबार मा प्रकाशित ९३ पटक पढिएको
नगर स्थापना दिवसमा विभिन्न व्यक्ति सम्मानित

धुलिखेल /  धुलिखेल नगरपालिकाले ३८ औ स्थापना दिवसमा विभिन्न क्षेत्रका व्यक्तित्व र संघसंस्थालाई सम्मान गरेको छ ।

धुलिखेल नगर स्थापनामा योगदान दिएका पूर्व सचिव चण्डीप्रसाद श्रेष्ठलाई धुलिखेल रत्न पदक प्रदान गरियो । विभिन्न समयमा जनप्रतिनिधिको रुपमा काम गरेका धुलिखेल नगरपालिका वडा नं ७ का हालका समेत वडाअध्यक्ष रोमीप्रसाद ब्याञ्जुलाई धुलिखेल नक्षेत्र प्रदान गरियो । वरिष्ठ संगितकार तथा गायक सुरेश अधिकारी धुलिखेल प्रज्ञाश्री पुरस्कारबाट सम्मानित भए । नगरपालिकाको राजश्व अभिवृद्धिमा योगदान पु¥याउने मिराबेल होटल म्यानेजमेन्ट प्रा.लि धुलिखेल सेवा श्री पदकबाट सम्मानित भयो । कार्यकारी निर्देशक भोला थापाले उक्त पुरस्कार ग्रहण गरेका थिए ।

धुलिखेल तारा मानसिक स्वास्थ्य तथा सामाजिक मनोपरामर्शमा योगदान पु¥याएबापत मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाललाई प्रदान गरियो । महिलाहरु मात्र संगठित भई सिप विकास तथा सांस्कृतिक र ब्यवसायिक क्षेत्रमा योगदान पु¥याएको परिवर्तनशील महिला समुह धुलिखेल ६ लाई पनि धुलिखेल तारा नै प्रदान गरियो ।

स्थानीय विकास र सार्वजनिक सेवामा रहि नगरमा महत्वपूर्ण योगदान पु¥याए बापत अक्षरगोपाल योगल श्रेष्ठ, नगरपालिकाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएको जर्मन नेपाल सहयोग संस्था र गायन क्षेत्रमा सक्रिय भई महत्वपूर्ण योगदान पु¥याएकी धुलिखेल ३ कि अनिशा तामाङलाई धुलिखेल तारा प्रदान गरिएको छ । नगरपालिकाको सेवामा इमान्दारीताका साथ सकृय भई कार्य गरेका अधिकृतस्तर आठौ तहका पुजा काफ्ले र वडा नम्वर ५ मा कार्यरत वडा सचिव निर्मला रावललाई जनसेवाश्री सम्मान प्रदान गरियो ।

अन्य विभिन्न व्यक्ति र संघसंस्थालाई कार्यक्रममा प्रशंसा पत्र प्रदान गरियो ।

जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम, नगर प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख निराजन जंगमले उनीहरुलाई मानपदवीसहित सम्मान गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस