आदर्श विद्या मन्दिरले मनायो २० औं अभिभावक दिवस

नौलो समाचार संवाददाता
२०८० फागुन ६, आईतबार मा प्रकाशित १०० पटक पढिएको
आदर्श विद्या मन्दिरले मनायो २० औं अभिभावक दिवस

बनेपा /  आर्दश विद्या मन्दिर स्कुलले २० औ बार्षिक कार्यक्रम अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रममा विभिन्न कक्षामा अध्ययरत बालबालिकाले आफ्नो गायन, नृत्य कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा काठमाडौ विश्वविद्यालयका प्राकृतिक चिकित्सा विभागका निमित्त  निर्देशक डा.हेमराज कोइरालाले विद्यार्थीलाई व्यवहारिक, प्राविधिकका अलावा नैतिक शिक्षा दिनुपर्ने बताए ।

विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले विद्यार्थीको स्वास्थ्य, अनुशासनलाई ध्यान दिएर योग शिक्षा लगायतका अतिरिक्त कृयाकलाप सञ्चालन गरेको बताए ।

कार्यक्रममा नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) काभ्रेका अध्यक्ष श्याम भुजेल, विद्यालय ब्यबस्थापन ससमितिका अध्यक्ष प्रल्हाद काफ्ले, सहायक प्रिन्सिपल ललिता वञ्जारा तिमल्सिना, अविभावक सुकुन्द अधिकारी, अमृता पाण्डे, विद्यालय क्याप्टेन कृति तामाङलगायतले विद्यालयका शैक्षिक गुणस्तरबारे चर्चा गरेका थिए ।

प्रिन्सिपल तिमल्सिनाका अनुसार, शैक्षिक सत्र २०८० मा प्ले गु्रप देखी कक्षा १२ सम्म ९ सय ४२ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयममा संस्कृत विषय अध्यापन शुरु गरिएको छ । कक्षा ११ र १२ मा विज्ञान, कानुन र ब्यबस्थापन विषय पढाइ हुन्छ ।


प्रतिक्रिया दिनुहोस