ज्ञानकुञ्जले गर्यो शिक्षासेवीलाई सम्मान

नौलो समाचार संवाददाता
२०८० फागुन ६, आईतबार मा प्रकाशित १२४ पटक पढिएको
ज्ञानकुञ्जले गर्यो शिक्षासेवीलाई सम्मान

बनेपा  / ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्वारा संचालित ज्ञानकुञ्ज माध्यमिक विद्यालयले २१ औ बार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न शिक्षासेवी लाई सम्मान गरेको छ ।

शिक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्दै प्राध्यापक भोला केसी, शिक्षासेवी समेत रहेका वरिष्ठ साहित्यकार मोहन दुवाल, गोविन्दलाल गोविन्दलाल प्रधानाङ्ग,  रघुनाथ कर्माचार्य र धुर्व कर्णजितलाई सम्मान गरेको हो ।

बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले उनीहरुलाई सम्मान गरेका थिए ।

नगरप्रमुख शाक्यले शिक्षा क्षेत्रमा नीजी क्षेत्रको योगदान रहेको भन्दै सामुदायिक विद्यालय सुधारको लागि प्रयत्नरत रहेको बताए ।

कार्यक्रममा बनेपा नगरपालिका वडा नम्वर ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, प्राध्यापक भोला केसी, वरिष्ठ साहित्यकार मोहन दुवाल, नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) काभ्रेका अध्यक्ष श्याम भुजेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, प्रतिष्ठानका सञ्चालक आत्माराम थापा, सहायक प्रिन्सिपल रत्नराज खतिवडा, अभिभावक रामचन्द्र भट्टराई लगायतले विद्यालयको शैक्षिक गुणस्तरबारे चर्चा गरेका थिए ।

प्रतिष्ठानका प्रवन्ध निर्देशक प्रताप बैद्यले प्लेग्रुप देखि एमविएस सम्मको अध्यापन हुने विद्यालय एक शैक्षिक गन्तव्य बनिरहेको तर्क गरे । उनले पढाइका अलावा विभिन्न अतिरिक्त कृयाकलाप सञ्चालन गरेर विद्यार्थीको सर्वाङ्गिण  विकासमा ध्यान दिएको बताए ।

कार्यक्रममा विभिन्न कक्षामा अध्ययरत बालबालिकाले आफ्नो गायन, नृत्य कला प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस