तरुण केन्द्रीय सदस्य वैद्यले गरे आगलागीपीडितलाई सहयोग

नौलो समाचार संवाददाता
२०८० फागुन ६, आईतबार मा प्रकाशित १८२ पटक पढिएको
तरुण केन्द्रीय सदस्य वैद्यले गरे आगलागीपीडितलाई सहयोग

नाला /  नेपाल तरुण दलका केन्द्रीय सदस्य सुधीर वैद्यले आगलागी पिडितलाई खाद्यान र नगद सहयोग गरेका छन् ।

केही दिन अघि बनेपा नगरपालिका वडा नम्बर ३ राइमाले बस्ने पुरुषोतम दंगालको घर, गाईगोठमा आगलागी हुँद चौपाया र घरमा राखिएको खाद्यान जलेर नष्ट भएको थियो ।

दंगालको परिवारलाई वैद्यले ५ बोरा चामल लगायतका दैनिक उपभोग्य सामान र नगद ५ हजार रुपैयाँ सहयोग गरेका हुन् । सो परिवारको आवस्यकता अनुसार सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

सहयोग सामाग्री लिएर नेपाल तरुण दल काभ्रेका उपसभापति बिजेन रन्जित, सामाजिक अभियन्ता नवीन जङ पाण्डे , नेपाल तरुण दलका बनेपा नगरका सभापति विवेक बैजु, सचिव राज घिमिरे ,वडा सभापति हरि श्रेष्ठ लगायत तरुण दलका नेता कार्यकर्ता दंगालको घरमा पुगेका थिए ।

आगलागीको घटनाले आफू दुखित भएको भन्दै केन्द्रीय सदस्य बैद्यले सोही कारण सहयोग गरेको बताए ।

वैद्यले विभिन्न समयमा आपत र प्रकोपमा परेकालाई व्यक्तिगत र तरुण दलमार्फत सहयोग गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस