बेथानचोकमा मेलमिलाप सम्बन्धी तालिम

नौलो समाचार संवाददाता
२०८० फागुन १०, बिहिबार मा प्रकाशित ९६ पटक पढिएको
बेथानचोकमा मेलमिलाप सम्बन्धी तालिम

ढुंखर्क । बेथानचोक गाउँपालिकामा मेलमिलाप सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

नयाँ मेलमिलापकर्ता तयार गर्न गाउँपालिकाको न्यायिक समितिले तालिम सञ्चालन गरेको

न्यायिक समिति संयोजक एवं उपाध्यक्ष गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिइन् ।

एक साता चलेको तालिमका ६ नै वडाका ३० सहभागी छन् ।

सहभागीलाई प्रमाणपत्र वितरण गर्दै उपाध्यक्ष रानाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेको न्यायिक समितिले विवाद निरुपण गर्ने अधिकार राख्ने मात्र नभई नागरिकमा न्याय घरदैलोसम्म पुर्याई सामाजिक सदभाव कायम गर्ने तर्क गरिन् ।

उनका अनुसार, चालु आर्थिक वर्षमा ३६ वटा मुद्दा आएकोमा १० वटा मिलान भएको, २६ वटा मुद्दा दर्ता भएका छन् ।

गाउँपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले समितिले क्षेत्राधिकारको प्रभावकारी प्रयोग, अपनाउने कार्यविधिको मापदण्ड, स्वच्छ सुनुवाइ र निष्पक्ष भूमिका निर्वाह गर्न तालिमका सहभागीलाई आग्रह गरे ।

मुख्य प्रशिक्षक रमिला हुमागाईले सबैले जित्ने वातावरण बनाएर काम गर्न र फाटेका सम्बन्धनाई सियोले झैं जोडेर राख्ने वातावरण बनाउन आग्रह गरिन् ।

सहभागी कैलाश तिमल्सिनाले कतिपय नबुझेका कुरा तालिमले गर्दा स्पष्ट भएको बताए ।
मिलेको बताउनुभयो ।

समुदायस्तरमा न्यायिक मेलमिलापका लागि कार्य गर्न सहज होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको न्यायिक शाखा प्रमुख कृष्ण तिमल्सिनाले बताए ।


प्रतिक्रिया दिनुहोस