नमोबुद्धका महिलालाई लैंगिक हिंसा, मानव बेचविखन र बालमैत्री स्थानीय शासनबारे अभिमुखिकरण

नौलो समाचार संवाददाता
२०८० फागुन १६, बुधबार मा प्रकाशित ९८ पटक पढिएको
नमोबुद्धका महिलालाई लैंगिक हिंसा, मानव बेचविखन र बालमैत्री स्थानीय शासनबारे अभिमुखिकरण

भकुण्डेवेशी /  नमोबुद्ध नगरपालिकाले यसपटक ६ सय ५० जना महिलालाई लैंगिक हिंसा, मानव बेचविखन र बालमैत्री स्थानीय शासनबारे अभिमुखिकरण गरेको छ ।

११ वटै वडाका महिला जनप्रतिनिधी र महिला संंस्थामा आवद्ध महिलाहरुको क्षमता विकास गर्ने उद्धेश्यले अभिमुखिकरण सञ्चालन गरिने नगरपालिका महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् ।

फागुन ८ गते सोमबारबाट शुरु भएको अभिमुखिकरण फाल्गुन १६ गते समापन गरिएको हो ।

सहभागीलाई मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले मानवबेचबिखन, लैंगिक हिंसा, यसका असर न्युनिकरणका उपायबारे सहजीकरण गरेका थिए ।

बालमैत्री स्थानीय शासन, यसका सूचक र सरोकारवालाको भूमिकाको बारेमा बालबालिकाको क्षेत्रमा काम समेत गरेका सञ्चारकर्मी नगेन्द्र अधिकारीले सहजीकरण गरेका छन् ।

महिलाका सबालमा नमोबुद्ध नगरपालिकाबाट भएका प्रयासबारे उपशाखा प्रमुख सुनुवारले जानकारी गराएकी थिइन् ।

बालमैत्री नगर घोषणाको तयारीमा जुटेको नमोबुद्ध नगरपालिकाले यसका सूचक पुरा गर्न विभिन्न गतिविधी सञ्चालन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस