स्वास्थ्य शिविरमा १ सय ७५ जना लाभान्वित

नौलो समाचार संवाददाता
२०८० फागुन २५, शुक्रबार मा प्रकाशित १७७ पटक पढिएको
स्वास्थ्य शिविरमा १ सय ७५ जना लाभान्वित

मंगलटार  / रोशी गाउँपालिका वडा नं ९, मंंगलटारमा भएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ७५ जनाले सेवा लिएका छन् ।

रोशी गाउँपालिकाको वडा नं. ७, ८, ९, १०, ११ र १२ का र तेमाल गाउँपालिकाको वडा नं. ८ लगायतका स्थानीय लाभान्वित भएका हुन् ।

महाशिवरात्री र अन्तर्रास्ट्रिय महिला दिवसको अवसर पारेर रोशी गाउँपालिका र भद्रदल गणको संयुक्त आयोजना तथा मेथिन्कोट अस्पतालको प्राविधिक सहयोगमा मंगलटार स्वास्थ्य चौकीमा भएको शिविरमा ६७ जनाले सामान्य चिकित्सा, ५१ जनाले स्त्रीरोग, २६ जनाले भिआईए सेवा, ९७ जनाले हाडजोर्नी सम्बन्धी र १६ जनाले सामान्य सर्जरी सेवा लिएको स्वास्थ्य चौकीका प्रमुख निशा बरालले जानकारी दिइन् ।

सेवाग्राहीलाई निशुल्क औषधी वितरण गरिएको थियो ।

सोही अवसरमा भएको कार्यक्रममा १२ जनाले रक्तदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस