अब धुलिखेल हस्पिटल चोक रातमा पनि उज्यालो

नौलो समाचार संवाददाता
२०८० चैत्र २, शुक्रबार मा प्रकाशित १३६ पटक पढिएको

अब धुलिखेल हस्पिटल चोक रातमा पनि उज्यालो

धुलिखेल /  धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडा (हस्पिटल चोक) रातमा पनि उज्यालो हुने भएको छ ।

वीपी राजमार्गमा पर्ने उक्त स्थानमा हाइ माष्ट लाइट राखिने भएपछि उक्त स्थानमा रातको समयमा पनि उज्यालो हुने भएको हो ।

बाग्मती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत तत्कालिन मन्त्री तीर्थ लामाले उक्त माष्ट लाइट राख्नको लागि १० लाख  बजेट बिनियोजन गराएका थिए । जलश्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय धुलिखेलले बजेट कार्यान्वयन गरेको हो ।

शुक्रवार एक कार्यक्रमविच पूर्वमन्त्री लामाले शिलान्यास हुन् ।

पुर्वमन्त्री लामाले मानिसहरुको धेरै आवतजावत हुने स्थानमा राखिने हाइ मास्ट लाइटले लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले आफु नेतृत्व हुँदा मन्त्रालय मार्फत सडक बत्ति लगायत उर्जाका विभिन्न योजनामा बजेट बिनियोजन गरिएको बताए ।

डिभिजन प्रमुख विनय पौडेलले निर्माण सामाग्री आइसकेकोले तत्काल जडान गरेर सन्चालनमा ल्याइने बताए ।

स्थानीय मन्जुकुमार कोजुले बजेट बिनियोजन गरेकोमा पुर्वमन्त्री लामालाई आभार गर्दै सडक बत्तिको लागि पहल गरिदिन अनुरोध गरे ।

राजमार्गमा हुने दुर्घटना न्यूनिकरण र अपाराधिक घटना नियन्त्रणको लागि पनि उपयोगी हुने स्थानीयको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस