देविटारमा कागतीका २५ सय बोट रोपियो

नौलो समाचार संवाददाता
२०८० चैत्र १०, शनिबार मा प्रकाशित ७९५ पटक पढिएको

देविटारमा कागतीका २५ सय बोट रोपियो

देविटार /  धुलिखेल नगरपालिका वडा नं १, देविटारमा कागतीका २५ सय बोट रोपिएको छ ।

वडा कार्यालय, नेपाल युवा परिषद्, कम्युनिटी लिडरसिप नेपाल, कान्छीमाया तामाङ फाउण्डेशन, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सहकार्यमा लुम्बिनी विश्व शान्ती मञ्चको आयोजनामा विश्व वन दिवसको अवसरमा देविस्थान माध्यमिक विद्यालय र आसपासको क्षेत्रमा कागतीका २५ सय बोट बृक्षारोपण गरिएको संस्थाका अध्यक्ष बासु गौतमले जानकारी दिए ।

धुलिखेल नगर उपप्रमुख निराजन जंगम, वडाअध्यक्ष सन्तबहादुर तामाङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी र स्थानीयको उपस्थितीमा वृक्षारोपण गरिएको हो ।

स्थानीयलाई कागतीका विरुवा वितरण समेत गरिएको थियो ।

धुुलिखेल नगरपालिका वडा नं १ लाई कागतीको पकेट क्षेत्र बनाउने योजना रहेको  वडाअध्यक्ष सन्तबहादुर तामाङले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस