नाईटेङ्गल एकेडेमीका विद्यार्थी दीक्षित

नौलो समाचार संवाददाता
२०८० चैत्र १०, शनिबार मा प्रकाशित १०६ पटक पढिएको

नाईटेङ्गल एकेडेमीका विद्यार्थी दीक्षित

बनेपा / बनेपा नगरपालिका वडा नम्वर १०, जनागालस्थित नाईटेङ्गल एकेडेमीको सिनियर किण्डर गार्टेनमा अध्ययनरत ६१ विद्यार्थी दीक्षित भएका छन् ।

शनिवार आयोजित ९औं दीक्षान्त समारोहमा उनीहरु दीक्षित भएका हुन् ।  सोही कार्यक्रममा माध्यमिक शिक्षा परिक्षा (एसइई) उर्तीर्ण विद्यार्थीलाई विदाई गरिएको थियो ।

वरिष्ठ साहित्यकार मोहन दुवाल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जितकार, प्रिन्सिपल उमा वस्नेत, बनेपा नगरपालिका वडा नं १० का अध्यक्ष चन्द्रबहादुर खड्का, १२ का अध्यक्ष रामबहादुर कुँवर लगायतले उनीहरुलाई विदाई गरेका थिए ।

प्रमुख अतिथी दुवालले बालबालिकालाई नैतिक शिक्षा दिनुपर्ने जोड दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रञ्जितकारले व्यवहारिक शिक्षा र अनुशासनमा जोड दिएको बताए ।

 


प्रतिक्रिया दिनुहोस