किड्स क्यासलका ७९ विद्यार्थी दीक्षित

नौलो समाचार संवाददाता
२०८० चैत्र २४, शनिबार मा प्रकाशित १९३ पटक पढिएको
किड्स क्यासलका ७९ विद्यार्थी दीक्षित

बनेपा / बेलर ईन्टरनेशनल मण्टेश्वरी किण्डर गार्डेन ‘किड्स क्यास्टल’ का ७९ विद्यार्थी दीक्षित भएका छन् ।

अपर किण्डरगार्टेन तह उत्र्तीण गर्ने ५७ विद्यार्थीलाई शुक्रवार र कक्षा ५ तह उतीर्ण गर्ने २२ जना विद्यार्थी शनिवार दीक्षित भएका हुन् ।

मन्टेश्वरी विधीमा पढाइ हुने किड्स क्यासलमा तह पार गरेपछि दीक्षित गरिन्छ ।

सम्मान र ठूलाको आदर गर्ने संस्कार सिकाउनको लागि भन्दै किड्स क्यासलले विद्याथीका हजुरबुबा, हजुरआमालाई सम्मान गरेको थियो ।

जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमले विद्यालयमा हुने यस्ता खाले गतिविधीले विद्यार्थीलाई संस्कारयुक्त बनाउन सहयोग पुग्ने बताए ।

बेलर इन्टरनेशनल एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष भोला थापाले शिक्षासंगै सस्कार दिनुपर्ने भन्दै विद्यालयले सोही खाले कार्यक्रम गरेको बताए ।

किड्स क्यासलका प्रिन्सिपल सविना कारञ्जित प्रजापतिले विद्यार्थीलाई नैतिक शिक्षासहित सामाजिक दायित्व पनि सिकाउनुपर्ने बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसी, विद्यार्थी अनमोल भुर्तेल लगायतले विद्यालय शिक्षाबारे चर्चा गरेका थिए ।

बालबालिकाले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस