सेमरक निष्ट बनेपाको दीक्षान्त

नौलो समाचार संवाददाता
२०८० चैत्र २५, आईतबार मा प्रकाशित ७६१ पटक पढिएको
सेमरक निष्ट बनेपाको दीक्षान्त

बनेपा  /  सेमरक निष्ट वल्ड स्कुल बनेपाका १८ विद्यार्थी दीक्षित भएका छन् ।

मन्टेशरी विधीमा शिक्षण सिकाइ कृयाकलाप हुने विद्यालयमा अपर किण्डरगार्टेन (यूकेजी) तह पार गर्ने १८ विद्यार्थी दीक्षित भएका हुन् ।

विद्यालयले आयोजना गरेको दीक्षान्त समारोह र प्रतिभा प्रदर्शनीमा बालबालिकाले विभिन्न गायन, नृत्य लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रतिनिधी सभा सदस्य गोकूल बास्कोटाले विद्यार्थीलाई स्वदेशमा रोक्न नसकिएको भन्दै त्यो रोक्नको लागि सबैले सोच्नुपर्ने बेला आएको बताए ।

स्कुल सञ्चालन गरिरहेको निष्ट फाउण्डेशनका अध्यक्ष माधवप्रसाद बराल, विद्यालयका प्रिन्सिपल अशोक पाण्डे लगायतले विद्यालयले गुणस्तरीय, व्यवहारिक र नैतिक शिक्षा दिइरहेको बताए ।

 


प्रतिक्रिया दिनुहोस