महायज्ञमा ६० लाख आर्थिक संकलन

नौलो समाचार संवाददाता
२०८० चैत्र २५, आईतबार मा प्रकाशित ११७ पटक पढिएको
महायज्ञमा ६० लाख आर्थिक संकलन

बडालगाउँ/ धुलिखेल नगरपालिका वडा नं ८ स्थित बहल्टारेश्वर मन्दिर निर्माणार्थ आयोजना गरिएको श्रीमद् भागवत महापुराण सप्ताह धनधान्याञ्चल महायज्ञमा ६० लाख ४ हजार ४ सय ७२ आर्थिक संकलन भएको छ ।

जनचेतना युवा समूहको आयोजनामा चैत्र २४ गतेसम्म चलेको महायज्ञमा विभिन्न दाताले जग्गा, नगद समेत दान गरेका हुन् ।

धुलिखेल नगरपालिकाले निर्माण शुरु गरेपछि २० लाख र वडा नं ८ ले १० लाख विनियोजन गर्ने प्रतिवद्धाता व्यक्त गरेको जनचेतना युवा समूहका अध्यक्ष समेत रहेका मूल आयोजक समितिका संयोजक रमेशप्रसाद न्यौपानेले जानकारी दिए । स्थानीय तीर्थप्रसाद बडालको परिवारले ३ आना जग्गा दान गरेका छन् ।

बडालगाउँ क्षेत्रलाई पर्यटकिय क्षेत्रको विकासका लागि सिद्धिविनायक, राधाकृष्णका मन्दिरहरु निर्माण भएका छन् । बडाल गाउँमा धार्मिक अनुष्ठान सेवा केन्द्र निर्माणको अभियानमा जुटिने संयोजक न्यौपानेले बताए ।

चैत्र १८ गतेबाट शुरु भएको महायज्ञ मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्री मुक्तिनाथ बाबा)ले उद्धघाटन गरेका थिए । चैत्र २४ गतेसम्म हरेक दिन सङ्गीतमय कथाप्रवचन भएको थियो ।

आचार्य विष्णुहरि वडाल एवं आचार्य सुदर्शन बडाल प्रमुख वाचक थिए भने पण्डित रामहरि बडाल उपवाचक थिए ।

 


प्रतिक्रिया दिनुहोस