गाउँपालिका उपाध्यक्षको अग्रसरतापछि अरुणोदय माविको ताला खुल्यो

नौलो समाचार संवाददाता
२०८० चैत्र २९, बिहिबार मा प्रकाशित ८३ पटक पढिएको
गाउँपालिका उपाध्यक्षको अग्रसरतापछि अरुणोदय माविको ताला खुल्यो

भुम्लु /  भुम्लु गाउँपालिका वडा नं २ सिमथलीस्थित अरुणोदय माध्यमिक विद्यालयमा विद्यार्थीले लगाएको ताला खुलाइएको छ ।

शिक्षक सरुवा लगायतका बिषय लिएर विद्यार्थीले लगाएको ताला गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)ले अग्रसरता लिएर खुलाएका हुन् ।

उपाध्यक्ष तामाङ विद्यालयमा पुगेर विद्यार्थीहरुसँग अन्तरक्रिया गरेर उनीहरुको समस्याबारे जानकारी लिएर समाधान गर्ने प्रतिवद्धता जाहेर गरेपछि विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति सहमत भएका थिए ।

विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्ने लगायतको सहमति भएको छ ।

विद्यालयमा कार्यरत गजेन्द्र सञ्जेलको सरुवा बदर गर्नुपर्ने लगायतका माग गर्दै विद्यार्थीहरुले ताला लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस