पिपलटारमा निर्माण गरिएको गुम्बा उद्धघाटन

नौलो समाचार संवाददाता
२०८१ बैशाख ११, मंगलबार मा प्रकाशित १६५ पटक पढिएको
पिपलटारमा निर्माण गरिएको गुम्बा उद्धघाटन

दाप्चा  /  २०६६ सालमा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा दर्ता भएर शुरुवात गरिएको नमोबुद्ध नगरपालिका वडा नं ८ स्थित ज्याङछ्युप दर्गेलिङ गुम्बा निर्माण सम्पन्न गरी उद्धघाटन गरिएको छ ।

२०६४ सालमा भएको संविधान सभा निर्वाचनमा स्थानीय हर्षजित लामा निर्वाचित भएपछि शुरु गरिएको गुम्बा संसद विकास कोष, गुम्बा विकास समितिका साथै स्थानीयको सहयोगमा सम्पन्न गरिएको हो ।

संविधान सभा सदस्य हर्षजित लामाले संसद विकास कोषबाट विभिन्न आर्थिक बर्षमा गरी १५ लाख, गुम्बा विकास समितिबाट पटक–पटक गरेर १९ लाख विनियोजन गराएका थिए । गुम्बामा रहेका गुरु पद्मसम्भव, चेङरेसी र गुरु रेन्पोछेको मुर्ति, रंगरोगन लगायत अन्य कार्य स्थानीयबाट सहयोग जुटाएर सम्पन्न गरिएको गुम्बाका अध्यक्ष समेत रहेका हर्षजित लामाले जानकारी दिए । उनका अनुसार, अन्तिम पटक लेखापरिक्षण हुँदा गुम्बाको चल/अचल सम्पति १ करोड ११ लाख निर्धारण भएको छ ।

छ्र्योतेन र गुम्बा निर्माणको लागि तत्कालिन डराउनेपोखरी गाउँ विकास समितिको परिषद्बाट ५ रोपनी जग्गा भोगाधिकार दिने निर्णय भएको थियो ।

मंगलबार टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको समुपस्थितीमा भएको प्राणप्रतिष्ठा, वाङ अभिषेक तथा समुद्धघाटन कार्यक्रममा वाग्मती प्रदेशका पूर्वमन्त्री तीर्थ लामा, चन्द्र लामा, नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, नमोबुछ नगर उपप्रमुख रत्नबहादुर लामा, रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइवा, विभिन्न वडाका अध्यक्षहरु, सामाजिक तथा राजनीतिक व्यक्तित्व, स्थानीयको उपस्थिती थियो ।


प्रतिक्रिया दिनुहोस