सेवाग्राहीका गुनासा सुन्न प्रशासन कार्यालयमा ‘टोल फ्रि´ संचालन

नौलो समाचार संवाददाता
२०८१ बैशाख ३०, आईतबार मा प्रकाशित २२५ पटक पढिएको
सेवाग्राहीका गुनासा सुन्न प्रशासन कार्यालयमा ‘टोल फ्रि´ संचालन

धुलिखेल / जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टोल फ्रि नम्बर संचालनमा ल्याएको छ ।

बैशाख ३० गते आइतबारबाट प्रशासनले टोल फ्रि नं. १८१०५०००३७७ संचालनमा ल्याएको हो । जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम र प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुभारम्भ भएको घोषणा गरे ।

प्रशासन कार्यालयबाट प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन, सेवाग्राहीको समस्या गुनासोलाई समयमै समाधान गर्न र कार्यालयलाई सल्लाह सुझाव समेत प्राप्त गर्न टोल फ्रि नं संचालन गरिएको शर्माले बताइन् ।

टोल फ्रि नम्बरमा कल गर्दा सेवाग्राहीलाई शुल्क लाग्दैन । जुनसुकै सेवा प्रदायकको सिमबाट पनि सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ ।

उक्त सेवा सेवाग्राहीको गुनासा र समस्या सम्वोधन गर्न विहान ८ बजे देखि वेलुका ६ बजेसम्म १० घण्टा संचालनमा रहनेछ ।

सेवाग्राहीबाट प्राप्त भएको गुनासो लिखित रुपमा समेत अभिलेख राखी क्रमशः समाधान गर्दै लगिने प्रशासनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस