चण्डेश्वरी जात्राको अवसरमा बनेपामा ‘रैथाने खाना महोत्सव’ हुने

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ १, मंगलबार मा प्रकाशित २२० पटक पढिएको
चण्डेश्वरी जात्राको अवसरमा बनेपामा ‘रैथाने खाना महोत्सव’ हुने

बनेपा /  चण्डेश्वरी जात्राको अवसरमा बनेपामा ३ दिनसम्म ‘रैथाने खाना महोत्सव’ हुन लागेको छ ।

काभ्रे होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा जेठ १०, ११ र १२ गते महोत्सव हुन लागेको क्याटरिङ संघका अध्यक्ष शिवप्रसाद तिमल्सिनाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

कार्यक्रम संयोजक एवं काभ्रे होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष श्यामकुमार भालु (मुनाल) ले रैथाने खानाको परिचय तथा प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको बताए ।

चण्डेश्वरी जात्राको भोजमा तयार गरिने समयवजी महोत्सवको मुख्य आकर्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । करिब ४० स्टल हुने अनुमान गरिएको महोत्सवमा करिब १५ स्टल स्टलमा विभिन्न नेवारी रैथाने परिकार रहनेछ ।

होटेल व्यवसायी महासंघका कोषाध्यक्ष कोषाध्यक्ष कृष्ण श्रेष्ठले करिब ४ लाख लागत अनुमान गरे । जात्रा अबलोकन गर्न आउने इष्टमित्र, पाहुनालाई लक्षित गरेर महोत्सव गर्न लागिएको उनले बताए ।

जिल्लाभर पाइने विभिन्न रैथाने परिकार पस्कने जमर्काे गर्ने आयोजकले जनाएका छन् ।

दुवै संघको सहकार्यमा यसअघि विभिन्न समयमा फुड फेस्टिबलहरु आयोजना गरिएको छ ।


प्रतिक्रिया दिनुहोस