चट्याङ लागेर शारदाबतासेका २ घरमा क्षति

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ ६, आईतबार मा प्रकाशित १४४ पटक पढिएको
चट्याङ लागेर शारदाबतासेका २ घरमा क्षति
तस्वीर सौजन्य : नेपाल प्रहरी

धुलिखेल /  चट्याङ लाग्दा शारदाबतासेका २ घरमा क्षति पुगेको छ ।

आइतबार दिउसो पौने ४ बजे चट्याङ लागेर धुलिखेल नगरपालिका वडा नं १० स्थित लक्ष्मी के.सी र सुवर्ण के.सी को घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार,ईट्टा र सिमेन्टले बनेको लक्ष्मीको पक्की दुई तल्ले घरको छतको ढलान तीन ठाउँमा प्वाल पर्नुका साथै सुत्ने र भान्छा कोठाको गारोमा प्वाल पारेको छ । विद्युत मिटर बक्स, फ्रिज, सिलिङ फ्यान थान गरी अन्दाजी ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

ईट्टा र सिमेन्टले बनेकोे सुवर्णको  पक्कीएक तल्ले घरको छतमा प्वाल पार्नुका साथै विद्युत मिटर बक्स, टि.भि. समेत गरी अन्दाजी ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस