बनेपा / प्रेस चौतारी नेपाल काभ्रे शाखाको आठौं अधिवेशनबाट केदार तिमल्सिनाको नेतृत्वमा १५ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
बनेपामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सन्तोष चौलागाईं निर्विरोध भए । समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष समेत रहेका चौलागाई मंगलबार नै चौतारीमा फर्किएका थिए । चौतारीमा नै फर्किएका समाजवादीका केन्द्रीय सदस्य बुद्धकुमार श्रेष्ठ (रोहित) समावेशी सहसचिव निर्विरोध भएका छन् ।
महिला उपाध्यक्षमा सविता न्यौपाने, सचिवमा विकास तिमल्सिना, सहसचिवमा रञ्जित बोहरा, कोषाध्यक्षमा मणिराम दाहाल निर्विरोध भए ।
सदस्यहरुमा अमिता शाही ठकुरी, बालकृष्ण बजगाई, नवराज ढकाल, लोकवहादुर थापा, अमित न्यौपाने, सिर्जना सापकोटा, प्रदीप भण्डारी र जयराज बजगाईं निर्विरोध भएका छन् ।
पूर्व सञ्चार तथा सूचना प्रविधीमन्त्री रहेका एमाले पोलिट्व्युरो सदस्य गोकूलप्रसाद बास्कोटाले अधिवेशन उद्धघाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस