धुलिखेल / तामाङ समुदायको सास्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा धुलिखेल नगरपालिका वडा नं २ रविको थिङगाउँमा माघ २६ गते शनिवार ल्होछार कार्यक्रम आयोजना गरिएको छ ।
मन्जुश्री संवत २८६१ औं डुल (सर्प वर्ष) को अवसरमा सभ्य ह्रिमठीम तामाङ समाज युवा क्लबले शुभकामना आदानप्रदानसहित बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
तामाङ समुदायको संस्कार संस्कृति, चालचलन, रितिरिवाज र भेषभुषालाई जगेर्ना गर्ने हेतु र पुरानो पुस्तामा रहेको संस्कृक्तिलाई नयाँ पुस्तामा हस्तान्तरण जागरणको लागि कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष विशाल तामाङले जानकारी दिए ।
बागमती प्रदेशका पूर्वमन्त्री तीर्थ लामाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सास्कृतिक प्रस्तुतीका साथै स्थानीय लामा तथा बोन्बो झाँकी प्रदर्शन हुने आयोजकले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस