के.जी. वैदारद्वारा लिखित पुस्तक `भुद्रङ´ लोकार्पित

नौलो समाचार संवाददाता
२०८१ माघ २६, शनिबार मा प्रकाशित ८१ पटक पढिएको
के.जी. वैदारद्वारा लिखित  पुस्तक `भुद्रङ´ लोकार्पित

बनेपा / काभ्रे बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख के.जी. वैदारद्वारा लिखित इतिहास संस्कृति र धर्मसम्बन्धी लेखहरूको पुस्तक`भुद्रङ´ लोकार्पण गरिएको छ ।

शनिबार क्याम्पसमा आयोजित कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादे, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, इतिहासकार ओम प्रसाद धौभडेल, सञ्चालक समिति अध्यक्ष लम्बोदर कायस्थले संयुक्त रुपमा कृति लोकार्पण गरेका हुन् ।

क्याम्पसको अनुसन्धान व्यवस्थापन इकाईको आयोजनामा भएको कार्यक्रममा समाजसेवी रामराजा धौभडेलले लेखक बैदारका बिभिन्न व्यक्तित्वबारे चर्चा गरेका थिए भने इतिहासकार ओम प्रसाद धौभडेलले कृतिबारे समिक्षा गरेका थिए ।

बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले केजी बैदारकाे पुस्तकबाट प्राचिनकालमा बनेपा नेवार समुदमयकाे बसाेबास भएकाे शहर रहेकाे पुष्टि गरेको भन्दै इतिहासमा रुची राख्नेका लागि पुस्तक महत्वपूर्ण संग्रहणिय रहेको बताए । बनेपामा पनि गणेश र भैरवका मन्दिर र मुर्तिहरु धेरै रहेकाे पुस्तकमा उल्लेख रहेको भन्दै शहरमा भएका विकासमा नेवार समुदाय सधैं अघि रहेकाे तर्क गरे ।

बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले लेखक बैदारको प्रयासलाई बनेपालीले गाैरब गर्नुपर्ने भन्दै इतिहास र संस्कृतिकाे जगेर्नामा नगरपालिकाले सधैं सहयाेग गर्ने बताए ।

इतिहासकार ओम प्रसाद धौभडेलले पुस्तकले बनेपाबारे थाहा नभएका कतिपय इतिहास उजागर गरेको बताए ।

लेखक बैदारले बनेपासंग जोडिएको इतिहास, संस्कृति र धर्मबारे आफ्नो अध्ययन, खोजले तयार गरेको लेखहरुको पुस्तक पुर्ण नहुन सक्ने भन्दै त्यसमा सल्लाह, सुझाव र टिप्पणी गरिदिन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस