प्रेस सेन्टर नेपाल काभ्रेपलान्चोकको नवनिर्वाचित कार्यसमितिले गर्यो पदस्थापन

नौलो समाचार संवाददाता
२०८१ माघ २६, शनिबार मा प्रकाशित १२३ पटक पढिएको
प्रेस सेन्टर नेपाल काभ्रेपलान्चोकको नवनिर्वाचित कार्यसमितिले गर्यो पदस्थापन

बनेपा / प्रेस सेन्टर नेपाल काभ्रेपलाञ्चोकको पाँचौं जिल्ला अधिवेशनवाट निर्वाचित कार्यसमितिको पदस्थापन गरिएको छ ।

पाचौं अधिवेशनबाट रामप्रसाद ढकालको नेतृत्वमा निर्वाचित कार्यसमितिले बनेपामा आयोजित कार्यक्रममा पदस्थापन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा सुरज श्रेष्ठ, महिला उपाध्यक्षमा मायालु तामाङ, सचिवमा चित्रप्रसाद घिमिरे ( हरिहर), सह–सचिव (खुल्ला) मा प्रशान्त बञ्जरा, सहसचिव (समावेशी) विजय जिम्बा र कोषाध्यक्ष मोतिलाल मोक्तान र सदस्यमा सन्तोष बजगाई र जीवन घिसिङ निर्वाचित भएका थिए ।

केन्द्रीय प्रतिनिधीमा राज्यलक्ष्मी श्रेष्ठ, रामकृष्ण बन्जारा, बसन्तकुमार श्रेष्ठ, कुमार गौतम र प्रदेश प्रतिनिधिमा रोजन तामाङ, अञ्जली तामाङ, नवराज अधिकारी, जीवन खड्गी, गङगा दोङ निर्वाचित भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी (केन्द्र)का केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य रुकु चौलागाईले चौथो अङ्ग मानिने सञ्चार क्षेत्रले मुलुकमा राजनीतिक परिवर्तन वा सामाजिक, सांस्कृतिक रूपान्तरण र परिवर्तनका साथै सुशासन र समृद्धिको लागि राज्यको भूमिका खेल्नुपर्ने बताइन् ।

कार्यक्रममा केन्द्रिय सदस्य एवं पूर्व प्रतिनिधी सभा सदस्य गंगाबहादुर दोङ‚ प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का‚ नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने‚ प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी ‚ पे्रस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदार तिमल्सिना‚ फोटो पत्रकार महासंघ काभ्रेका अध्यक्ष केशवराज पौडेल, प्रेस सेन्टर नेपाल काभ्रेको अधिवेशन निर्वाचन समितिका संयोजक इश्वरीराजकुमार मैनाली, सदस्य प्रल्हाद शर्मा हुमागाई, निवर्तमान अध्यक्ष रोजन तामाङ, नवनिर्वाचित अध्यक्ष रामप्रसाद ढकाल (आर.डि ) लगायतले पत्रकारिताका विभिन्न आयामबारे चर्चा गर्दै पेशागत संगठनहरु विच सहकार्यमा जोड दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बाग्मती प्रदेशका सचिव एवं खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र ब थिङ (छिन्ताङ)‚ काभ्रे जिल्ला संयोजक भोलाप्रसाद अर्याल‚ सचिव दैबलाल घिसिङ, तेमाल गाउँपालिका उपाध्यक्ष डिएम लामा‚ बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना‚ प्रेस सेन्टर नेपालका केन्द्रिय सह कोषाध्यक्ष बुद्ध लोप्चन‚ केन्द्रिय सदस्य पेमा लामा लगायत प्रेस सम्बद्ध विभिन्न व्यक्तित्वको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस