कांग्रेस केन्द्रीय सदस्य तीर्थ लामालाई शंखुमा सम्मान

नौलो समाचार संवाददाता
२०८३ कार्तिक २४, सोमबार मा प्रकाशित ४६ पटक पढिएको

कांग्रेस केन्द्रीय सदस्य तीर्थ लामालाई शंखुमा सम्मान

शंखुपाटीचौर / नेपाली कांग्रेस धुलिखेल नगरपालिका वडा नं १२ कार्यसमिति शंखुपाटीचौरले केन्द्रीय सदस्य तीर्थ लामालाई सम्मान गरेको छ ।

आफ्नो वडाको विकास निर्माणका लागि पर्याप्त बजेट बिनियोजन गराउन भूमिका खेल्दै आएका बाग्मती प्रदेश सरकारका पूर्व मन्त्री समेत रहेका सोही क्षेत्रका प्रदेश सभा सदस्य तीर्थ लामा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएकोमा बधाईसहित सम्मान गरिएको थियो ।

शंखुपाटीचौरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति अरुण तामाङसहित शंखुपाटीचौरका नेता, कार्यकर्ताले उनलाई सम्मान प्रदान गरेका थिए ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका निवर्तमान जिल्ला सभापति रहेका लामा १५ औं महाधिवेशनमा उत्कृष्ट मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

बधाई ज्ञापन गरेकोमा आभार प्रकट गर्दै केन्द्रीय सदस्य लामाले जनताको सेवामा लागि रहने शक्ति मिलोस् भन्ने कामना गर्दै विकास निर्माणका लागि निरन्तर पहल गर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका कार्यवहाक सभापति गुणराज मुक्तान, प्रतिनिधि सभा क्षेत्र नं १ का सभापति चन्द्रबहादुर लामा, प्रदेश सभा क्षेत्र नं १ (ख) का सभापति सन्तमान तामाङ, जिल्ला सदस्य समेत रहेका धुलिखेल नगरपालिका कार्यबहाक प्रमुख निराजन जंगम, नेपाली कांग्रेस धुलिखेलका कार्यवहाक सभापति शुभराज तिमल्सिना, नेता माधव थापा लगायतले कांग्रेसको नेतृत्वमा शंखुपाटीचौरमा भएका विकास निर्माणको चर्चा गर्दै कांगे्रस नेतृत्वले त्यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

बाग्मती प्रदेश सभा सदस्य लामाको पहल र प्रस्तावमा शंखेश्वरी मन्दिर पुनर्निर्माणको लागि ५० लाख रुपैयाँ बिनियोजना भएको छ भने सडक, खानेपानी, सोलार बत्ती लगायतका विभिन्न योजनामा बजेट बिनियोजन गराएका छन् ।






प्रतिक्रिया दिनुहोस


↑