‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर सार्वजनिक (भिडियो)

नौलो समाचार संवाददाता
२०७९ भाद्र १६, बिहिबार मा प्रकाशित ९७८ पटक पढिएको
‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर सार्वजनिक (भिडियो)

भदौ १६ काठमाडौं। नेपाली-इण्डो चलचित्र ‘प्रेमगीत ३’ को ट्रेलर सार्वजनिक भएको छ। हिन्दी भाषामा सार्वजनिक गरिएको ट्रेलरमा राजयुग र प्रेमयुगबीचको लडाइँलाई प्रस्तुत गरिएको छ। यसअघि टिजर दुवै भाषामा सार्वजनिक गरिएको थियो।

चलचित्रमा अभिनेता प्रदीप खड्का र नवअभिनेत्री क्रिस्टिना गुरुङ मुख्य पात्रका रूपमा फिचर्ड छन्।

सार्वजनिक ट्रेलरबाट चलचित्रको कथावस्तुलाई केही हदसम्म देखाउन खोजिएको छ। छोराको भूमिकामा प्रदीप खड्का र मनिष राउत देखिएका छन् भने शिव श्रेष्ठले राजाको भूमिका निर्वाह गरेका छन्।

ट्रेलरमा यसअघि सार्वजनिक भएका २ टिजरका अधिकांश दृश्य समावेश गरिएको छ।

राजेश श्रेष्ठले छायांकन गरेको चलचित्रमा सुनिल थापा, प्रेम पुरीलगायतका कलाकारको पनि अभिनय छ।

चलचित्रलाई स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन्। चलचित्र यही असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ रिलिज हुनेछ।


प्रतिक्रिया दिनुहोस