“एक हुल बाँदरहरु”

पूर्णबहादुर श्रेष्ठ "हृदयङकृत"
२०७९ मंसिर २४, शनिबार मा प्रकाशित ५३४ पटक पढिएको

“एक हुल बाँदरहरु”

कुखुरीले अण्डा पारेपछि
कराउँदाको क्षणमा
हात्ती नै पाए जस्तो गरि
चिच्याएको देख्दा।

परिवर्तनका केहि अँश
आशाका किरणहरु
मेरै नजरको समिप
वरिपरि छाउँदा।

सोच र खोजको
परिणामै निकालौैंला
जस्तै गरेर
मुटुभित्र राज गरेका

आखिर देखाई छाडे
आफ्नो जात र बानी
धुजा धुजा देश बनाई
अन्धकारतिर धकेल्दै।

क्रान्तिको भ्रम छरेर
छदमभेषि रुपमा
सिँहदरबार खोक्रो बनाई
निस्किए एक “हुल बाँदरहरु”

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे






प्रतिक्रिया दिनुहोस