धुलिखेल \ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जाँच गर्ने क्रममा प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने रोशी ८ का ५९ बर्षीय सानुकान्छा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
सोमबार विहान अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङमा प्रहरी नायब निरिक्षक दामोदर ओझाको नेतृत्वमा ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङमा धुलिखेल बाट भकुण्डे जादै गरेको बा.प्र.०२–०३७ प ०९९७ नं.को स्कुटीलाई चेकिङको क्रममा सवारी चालक अनुमति पत्र माग्दा तामाङले पटक पटक ‘मेरो लाइसेन्स यही हो’ भन्दै एक हजार रुपैयाँको नोट बिलबुक भित्र राखेर दिएका थिए ।
डिउटीमा खटिएको प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभन देखाई प्रभावमा पारी कर्तव्यपथबाट बिचलित गर्न दुरुत्साहन गरेकोले स्कुटी सहित पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस