बनेपा / शीर मेमारियल अस्पताल बनेपा र नेपाल अर्वुद रोग निवारण संस्था काभ्रेपलाञ्चोकको सहकार्यमा ‘बनेपा वाक’ गरिएको छ ।
स्तन क्यानसरबारे जनचेतना फैलाउने उद्देश्यले शुक्रवार बनेपामा सरोकारवालाहरुको सहभागितामा बनेपा वाक गरिएको हो ।
अस्पताल परिसरबाट शुरु भएको यात्रा परिवार नियोजन चोक बनेपामा समापन गरिएको हो । कार्यक्रमकै विचमा सहभागीले ‘जुम्बा’ नृत्यमार्फत सचेतना गराए ।

अक्टोबर महिनालाई स्तन क्यान्सरबारे सचेतना फैलाउने महिना (पिङटोवर)को रुपमा विभिन्न कार्यक्रम गरी मनाइने अस्पतालका मेडिकल निर्देशक डा. एञ्जेला बस्नेतले जानकारी दिइन् ।
सामाजिकमार्फत सचेतना फैलाउन अस्पतालले गरेको टिकटक प्रतियोगितामा उत्कृष्ट भिडियो निर्माण गर्ने डा. अनिकेत बस्नेतलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रमका सहभागीले बढ्दो समस्याको रुपमा देखिएको स्तन क्यान्सर रोकथामको लागि सचेतनाका साथै विभिन्न परिक्षण लगायतका अभियान गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस