पनौती / प्राचिन शहर पनौतीका पुराना भित्ते चित्र सम्बन्धमा तयार पारिएको पुस्तक सार्वजनिक भएको छ ।
फ्रान्सका मानवशास्त्री जेरार्ड टोफिन, पुरातत्व विभागका पूर्व निर्देशक रिद्विवावा प्रधान र पुरातत्व विभागका रसायनविद् भीमवरसिंह थापाले तयार पारेको ‘पनौतीका भित्तेचित्र र यसको महत्व’ अर्थात ‘वाल पेन्टिङ अफ पनौती एण्ड दियर कन्टेक्स्ट’ Wall Panting of Panauti and their context नामक पुस्तक बुधवार पनौतीमा एक कार्यक्रमविच सार्वजनिक गरियो ।
पनौती नगरपालिका र मान सागर ट्रष्टले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले पुस्तक सार्वजनिक गरेका हुन् । नगर प्रमुख भण्डारीले जेरार्ड टोफिनले सम्पदा संरक्षणको लागि खिचेर राखेका फोटो संरक्षणकै लागि स्वामित्व लिएको बताए । यहाँका सम्पदाकाबारेमा भोलीका पुस्तालाई जानकारी दिन पुस्तक प्रकाशन गरेको खुशी व्यक्त गर्दै उनले संरक्षण गर्नु सबैको दायित्व र भूमिका हुने बताए । व्यक्तिगत आवश्यकताको लागि सम्पदा नाश भइरहेको तर्क गर्दै उनले संरक्षण गर्न सके धरोहरको रुपमा बचाइरहन सक्ने बताए ।
पुस्तकमा पनौतीको इतिहास झल्काउने चित्रहरु रहेको फोटो पत्रकार प्रशान्त श्रेष्ठले जानकारी दिए । पुस्तकका पुराना फोटो जेरार्ड टोफिन र नयाँ फोटोहरु प्रशान्त श्रेष्ठले खिचेका हुन् ।
प्रतिक्रिया दिनुहोस