रुकुमको सोती घटनाका आरोपी ३४ जना विरुद्ध मुद्दा दायर

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ३२, आईतबार मा प्रकाशित ९०८ पटक पढिएको

रुकुमको सोती घटनाका आरोपी ३४ जना विरुद्ध मुद्दा दायर

जेठ ३२, काठमाडौँ । पश्चिम रुकुमको सोती गाँउमा ६ जना युवकको हत्याको घटनामा अदालतमा ३४ जना विरुद्ध मुद्दा दायर भएको छ । उनीहरुमाथि क्रुरतापूर्वक हत्या, ज्यान मार्ने उद्योग र जातीय भेदभावको आरोप लगाइएको छ ।

महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जिव रेग्मीले क्रुरतापूर्वक हत्याको अभियोगमा संलग्नमाथि जन्मकैदको माग गरिएको बताए ।

उनका अनुसार ३४ मध्ये २ जनालाई बालिबालिकाको श्रेणीमा राखि कारबाहीको माग गरिएको छ ।

रुकुम प्रहरी स्रोतका अनुसार घटनामा संलग्न वडाध्यक्ष लगायतमाथि ज्यान मुद्दाको अभियोग छ । ‘त्यहाँ विद्यूत आपूर्ति बन्द भएकाले हामीले थप विवरण पाउन सकेका छैनौं,’प्रवक्ता रेग्मीले भने, ‘आउनासाथ अरु थाहा हुन्छ ।’






प्रतिक्रिया दिनुहोस