अफगानिस्तानको काबुल छाड्न विमानस्थलको धावनमार्गमै हजारौँको भीड, उडिरहेको विमानबाट खसे तीन जना (भिडियोसहित)

नौलो समाचार संवाददाता
२०७८ श्रावण ३२, सोमबार मा प्रकाशित १००२ पटक पढिएको
अफगानिस्तानको काबुल छाड्न विमानस्थलको धावनमार्गमै हजारौँको भीड, उडिरहेको विमानबाट खसे तीन जना (भिडियोसहित)

साउन ३२, काबुल। तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै देश छाड्न राजधानी काबुलको हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँको संख्यामा मानिसहरुको भीड लागेको छ ।

धावनमागर्मा गुडिरहेको विमानको अगाडि पछाडि उनीहरु दौडिरहेको भिडियोमा देख्न सकिन्छ । केही मानिसहरु विमानमा झुण्डिएको दृश्यहरु पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

उडिरहेको बिमानबाट तीन जना खसिरहेको कारुणिक दृश्य पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ।

अमेरिकाको जस्तो देखिने विमानबाट उनीहरु खसको भिडियोमा देखिन्छ । उडिरहेको विमानबाट उनीहरु खसेको भिडियोको देखिए पनि यसबारे विस्तृत विवरण आउन सकेको छैन ।

अमेरिकाले काबुलस्थित दूतावासका कर्मचारी र उनीहरुका अफगानिस्तान सहकर्मीहरुलाई उद्धार गर्न सेना परिचालन गरेको छ । अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ ।

काबुलका सडकहरूमा भने तालिबान लडाकुहरू यत्रतत्र देखिन्छन् भने हजाराैँको सङ्ख्यामा मानिसहरू विदेश जाने प्रयासमा विमानस्थलमा भेला भएका हुन् ।

६० भन्दा बढी देशले संयुक्त विज्ञप्ति जारी गरेर माहिसहरूलाई अफगानिस्तान बाहिर जान दिन तालिबानलाई आह्वान गरेका छन्।

आज बिहान विमानस्थलमा अनियन्त्रित भिडलाई तितरबितर पार्न अमेरिकी सेनाले हवाइ फायर गरेको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

तालिबान लडाकूहरुले काबूलमा कब्जा जमाएपछि बिमानचढ्न खोज्नेहरुको कारुणीक दृष्य संचार माध्यमहरुमा प्रसारण भइरहेको छ।


प्रतिक्रिया दिनुहोस