महँगीको विरोध प्रदर्शन फ्रान्सको अर्थव्यवस्थाका लागि विध्वंश

फ्रान्सका अर्थमन्त्रीले त्यहाँ चलिरहेको महँगीको विरोध प्रदर्शन अर्थव्यवस्थाका लागि विध्वंश भएको बताएका छन् ।
विकाश अधिकारी
२०७५ मंसिर २४, सोमबार मा प्रकाशित ७८४ पटक पढिएको

महँगीको विरोध प्रदर्शन फ्रान्सको अर्थव्यवस्थाका लागि विध्वंश

फ्रान्सका अर्थमन्त्रीले त्यहाँ चलिरहेको महँगीको विरोध प्रदर्शन अर्थव्यवस्थाका लागि विध्वंश भएको बताएका छन् ।

अर्थमन्त्री ब्रुनोले अहिलेको स्थिती समाज र लोकतन्त्रका लागि संकट बताएका छन् ।

पेरिसमा प्रदर्शनको क्रममा तोडिएका पसलहरुको विवरण लिन पुगेका अर्थमन्त्रीले भने, ‘यो व्यापारका लागि विनाश हो, यो हाम्रो अर्थव्यवस्थाका लागि विध्वंश हो ।’

तेलको बढ्दो मूल्य, दैनिक उपभोग्य वस्तुको महँगी र अन्य मुद्दाका लागि फ्रान्सका श्रमिक वर्ग पछिल्लो चार हप्तादेखि हरेक शनिबार–आइतबार प्रदर्शन गरिरहेका छन् ।

यो शनिबार सवा लाखदेखि अधिक मानिसले प्रदर्शनमा भाग लिए र १२ सय बढीलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस