बर्थिङ सेन्टरमा सुत्केरी गराउने पनौतीका महिलालाई प्रोत्साहन भत्ता

नौलो समाचार संवाददाता
२०७६ फागुन २८, बुधबार मा प्रकाशित २८३ पटक पढिएको

बर्थिङ सेन्टरमा सुत्केरी गराउने पनौतीका महिलालाई प्रोत्साहन भत्ता

फागुन २८, काभ्रे । पनौती नगरपालिका वडा नं ७ मुख्य बजारमा बर्थिङ सेन्टरमा सुत्केरी गराउने महिलालाई दिने भनिएको प्रोत्साहन भक्ता बितरण गरिएको छ । ल्याब र बर्थिङ सेन्टर संचालनमा आएसंगै पनौती नगरपालिका वडा नं ७ का वडा सदस्य पुरुषोतम कर्मार्चायले गरेका प्रतिवद्धता पुरा गरेका छन् ।

 

बर्थिङ सेन्टर र प्रयोगशाला संचालनमा ल्याएको केहि महिना अघि मात्र सार्वजानिक कार्यक्रममा वडा सदस्य कर्माचार्यले पहिलो पटक बर्थिङ सेन्टरमा बच्च जन्माउने महिलालाई ५ हजार ५ सय ५५ रुपैया प्रोत्साहन सहित सम्मान गर्ने घोषणा गरेका थिए ।

 

मंगलबार बार्थिङ सेन्टरमा पनौती नगरपालिकाको मेयर भिम न्यौपाने, पनौती नगरपालिका स्वस्थ्य प्रमुख पुरुषोतम तिमल्सिना सहतिको उपस्थितिमा वडा सदस्य कर्मार्चायद्वारा बर्थिङ सेन्टरमा दोस्रोपटक सुत्केरी गराएका रमि देउलालाई नगद रुपैया सहित तोरीको तेल दुई लिटर बितरण गरिएको थियो ।

 

उक्त बर्थिङ सेन्टरको नगर प्रमुख मेयर भिम न्यौपानेद्वारा औपचारीक रुपमा उद्घाटन गरिए पछि संचालनमा आएको थियो । बितरण कार्यक्रममा नेपाल सरकारबाट नियामित गर्भचेकजाँच गरिएबापत २८ सय रुपैया र नगरपालिकाको तर्फाबाट थप १ हजार सुत्केरी भत्तासमेत नगर प्रमुख न्यौपानेबाट रमि देउलालाई बितरण गरिएको थियो । “हामीले संचालनमा ल्याएको बार्थिङ सेन्टरमा नियामित चेकजाँच गरेर सुत्केरी गराउन सफल भएको हो ।” मेयर न्यौपानेले बताए । स्वस्थ्य क्षेत्रमा निकैनै लगानी गरेर नगरले बिषेशरुपमा अवश्यकताको अधारमा काम गरिरहेको मेयर न्यौपानेले बताए । बजारमा रहेको स्वस्थ्य केन्द्रमा अवश्यकताको आधारमा नगरपालिकाले डाक्टर समेत खटाएको उनले बताए ।

 

महिलाहरुको स्वास्थ्यमा सुरक्षित र उनिहरुलाई नियामित गर्भ चेकजाँचमा जोड् दिनको लागि प्रोत्साहन स्वारुप रकम दिने घोषणा गरिए अनुसार मंगलबार रमि देउलालाई प्रोत्साहन रकम बितरण गरिएको वडा सदस्य पुरुषोत्तम कर्माचार्यले बताए । “मैले गरेका बाचा अनुसार पहिलो पटक सुरक्षित सुत्केरी गराएका सुस्मिता रुम्बा र दोस्रो पटक सुत्केरी गराएका रमि देउलालाई रकम बितरण गर्न सकियो अब तेस्रो सुरक्षित सुत्केरी गराउने महिलालाई समेत बितरण गरिने” वडा सदस्य कर्मार्चायले भने ।


प्रतिक्रिया दिनुहोस