कोरोना संक्रमणबाट स्पेनिस फुटबल प्रशिक्षकको मृत्यु

नौलो समाचार संवाददाता
२०७६ चैत्र ४, मंगलबार मा प्रकाशित ७१८ पटक पढिएको

कोरोना संक्रमणबाट स्पेनिस फुटबल प्रशिक्षकको मृत्यु

चैत ४, एजेन्सी । स्पेनमा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्पेनिस सञ्चारमाध्यमका अनुसार फ्रान्सिस्को गार्सियाको २१ वर्षको उमेरमा मृत्यु भएको हो ।

फ्रान्सिस्कोले सन् २०१६ बाट मालागास्थित एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमको प्रशिक्षण सम्हालेका थिए । क्यान्सरपीडित फ्रान्सिस्कोलाई भाइरसको संक्रमणसमेत देखिएको जनाइएको छ ।

कोरोनाको संक्रमण देखिएपछि उनलाई अस्पताल पु¥याइएको थियो । उनको अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

कोरोनाकै कारण स्पेनका सबै खेल गतिविधिहरू स्थगित भइसकेका छन् । स्पेनमा हालसम्म ९ हजार १९० व्यक्ति कोरोनाबाट संक्रमण देखिएका छन् भने ३०९ जनाको ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस