भारतमा निर्भया सामूहिक बलात्कारमा संलग्न चारै जनालाई मृत्युदण्ड

नौलो समाचार संवाददाता
२०७६ चैत्र ७, शुक्रबार मा प्रकाशित ६७७ पटक पढिएको
भारतमा निर्भया सामूहिक बलात्कारमा संलग्न चारै जनालाई मृत्युदण्ड

चैत ७, नयाँ दिल्ली। निर्भया बलात्कारका दोषीलाई आज सुर्योदय अगावै फाँसी दिइएको छ । भारतीय समय अनुसार विहान साँढे पाँच बजे चारै जना दोषीलाई दिल्लीस्थित तिहार जेलमा फाँसी दिइएको हो ।

फाँसी दिइएकामा मुकेश सिंह ३२ वर्ष, अक्षय ठाकुर ३१ वर्ष, पवन गुप्ता २५ वर्ष र विनय शर्मा २६ वर्षका छन् । फाँसी पवन जल्लादले लिभर तानेर दिएका थिए । उनी मंगलबार नै उत्तर प्रदेशको मेरटबाट तिहार जेल पुगेका थिए ।

तिहार जेलमा पहिलोपटक एकैपटक चारजनालाई फाँसी दिइएको हो । टाइम्स अफ इन्डियाका अनुसार पवन जल्लादले फाँसीको पूर्वाभ्यास गरिसकेका थिए । जेलका सुपरिटेन्डेन्टले झुण्ड्याउने डोरीको परीक्षण गरी झुण्ड्याउने फाँसीको तख्ताको समेत नीरिक्षण गरेका थिए ।

दिल्ली जेल ऐन २०१८ अनुसार फाँसी दिइँदा जेल सुपरिटेन्डेन्ट, डेपुटी सुपरिटेन्डेन्ट, मेडिकल अफिसर, डिस्ट्रिक मेजिस्ट्रेटको उपस्थिति थियो । गार्ड, वार्डर सहित हतियारधारी गार्ड समेत उपस्थित थियो ।

फाँसी दिइएका चारैजनाका परिवार भने उपस्थित थिएनन् । तिहार जेलका सबै कैदीबन्दी जेल परिसरभित्रको कोठा बाहिर समेत आउन दिइएको थिएन । उनीहरुलाई यसै हप्ताभित्र परिवारसँग भेट्न दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस