अमेरिकामा एकै दिन १९६६ जनाको मृत्यु, संक्रमितको संख्या ४ लाख बढी

नौलो समाचार संवाददाता
२०७६ चैत्र २६, बुधबार मा प्रकाशित ५७१ पटक पढिएको

अमेरिकामा एकै दिन १९६६ जनाको मृत्यु, संक्रमितको संख्या ४ लाख बढी

चैत २६, काठमाडौँ । कोरोना भाइरसको महामारीबाट अमेरिकामा एकै दिन १ हजार ९ सय ६६ जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट एकै दिन ज्यान गुमाउनेको यो संख्या सबैभन्दा धेरै हो । यो सँगै अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार ८ सय ३७ पुगेको छ ।

यस्तै पछिल्ले २४ घण्टामा अमेरिकामा ३३ हजार ३ सय १९ जना नयाँ संक्रमित फेला परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ४ लाख ३ सय २३ पुगेको छ।

संक्रमित मध्ये ९ हजार १ सय ६९ जना संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको छ । र, २१ हजार ६ सय ७४ जना संक्रमित सफल उपचारपछि घर फर्किएका छन् ।

हालसम्म अमेरिकामा २० लाख ७५ हजार ७ सय ३९ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ ।

विश्वका १०९ देश र दुई वटा अन्तराट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट १४ लाख ३० हजार ५ सय १६ जना मानिस संक्रमित भएका छन् ।

जसध्ये हालसम्म ८२ हजार १९ जना मानिसको ज्यान गइसकेको छ ।


प्रतिक्रिया दिनुहोस